काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । सोही अवधिमा १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार ५१७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९२४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ०२ हजार ९०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।                                                        साभार  news24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय