दार्चुला : राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन २०७८ साल मंसिर ३ गते शुक्रवार निर्वाचनको मिति तोकेपछि बन्द भएको मतदाता नामावली दर्ता र अध्यावधिक कार्य पुनः सुचारु भएको छ । निर्वाचनका कारण गत जेठ ९ गते देखी बन्द भएको मतादाता नामावली दर्ता र अध्यावधिक कार्य पुनः सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिनुभयो ।
बन्द भएको नामावली दर्ता र अध्यावधिक कार्य जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट साउन ३ गतेबाट सुचारु गरिएको छ, भने जिल्ला प्रशासन कार्यालयबाट भदौ १ (भोली) बाट सुचारु हुने उहाले बताउनुभयो । जिल्लामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी दुई वटा दर्ता स्थलबाट मतादाता नामावली दर्ता र अध्यावधिक भइरहेको निर्वाचन अधिकारी धामीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट नामावली दर्ता मात्रै गरिने तथा जिल्ला निर्वाचन कार्यालयबाट दर्ता र अध्यावधिक दुवै गरिने बताइएको छ ।
जिल्लामा ४ हजार ६ सय ८१ मतदाता थपिए
दार्चुलामा ४ हजार ६ सय ८१ नयाँ मतदाता थपिएका छन् । २०७४ सालमा ७८ हजार ५ सय १३ मतदाता रहेकोमा ४ हजार ६ सय ८१ नयाँ मतदाता थपिएर ८३ हजार १ सय ९४ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन महिनामा मात्रै ४ सय २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय