काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । उनीहरु सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्धी विक्रम शाहका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चिकित्सकीय भाषामा ‘स्वीट पोइजन’ भएको भन्ने अनुमान गरिएको तर यसबारे अनुसन्धान भइरहेको शाहले इमेजखबरलाई जानकारी दिनुभयो ।
सुत्केरीका लागि कोइला बालेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने पनि प्रहरीको अनुमान छ । ईमेज खबर
