दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बिहीवार एक जना बिमाङ्कलाई मृत्यु दाबी भुक्तानी हस्तान्त्रण गरिएको छ । सहकारीले २०७३ साल माघ महिना देखी संचालन गरेको लघुवित्त कार्यक्रमका ऋणी तथा बिमाङ्क महाकाली नगरपालिका–२ पन्डोरा लघुवित्त केन्द्र नम्बर ५६ का सदस्य पारभती देवी कुवरको मृत्यु दाबी भुक्तानी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए ।
सहकारीले ज्योति लाईफ ईन्सोरेन्स बिमा कम्पनी संगको समन्वयमा लघुवित्तमा आबद्ध सदस्यहरुको बिमा गरिदिने गरेको उनले वताए । सहकारीले २०७७ साल देखी लघुवित्तमा ऋण लगानी गर्दा ऋणीको बिमा गर्ने कार्य शुरू गरेको जनाइएको छ । उक्त कार्यक्रममा ऋण लगानी गरेका ऋणीहरू मध्ये मिति २०७८ असोज १२ गते महाकाली नगरपालिका–२ पन्डोराका सदस्य पारभती देवि कुवरलाई लघुवित्त मार्फत एक लाख लगानी गरिएको उनले जानकारी दिए ।
लघुवित्त कार्यक्रममा ऋण लगानी गर्दा बिमा गर्नुपर्ने अनिवार्य भएको तथा बिमा गर्दा ऋण लगानीको प्रति हजारमा ६ रूपैया १५ पैसाका दरले शुल्क तिर्नुपर्ने बताइएको छ । ऋणी तथा मृतक पारभती देवी कुवरले एक लाख रुपैया ऋण लिदा ६ सय १५ रूपैया भुत्तान गरी ज्योति लाईफ ईन्सोरेन्स बिमा कम्पनीमा १ वर्षका लागि १ लाखको म्यादी बिमा गर्नु भएको थियो ।
ऋणी कुवरको २०७८ असोज ३० गते भिरवाट लडेर मृत्यु भए पछि म्यादी बिमा गरे वाफत उनका घरपरिवारले क्रिया खर्च वाफत २५ हजार तथा लघुवित्तबाट निकालेको ऋण भुक्तान गर्न बाकी १ लाख र ब्याँज बाफत ६ हजार ५ सय ५२ रुपैया घटाई बाकि १८ हजार ४ सय ४७ रुपैयाको चेक उनका श्रीमान धने कुवरलाई सहकारीको कार्यालयमा बोलाई हस्तान्त्रण गरिएको उनले जानकारी दिए । उल्लेखित रकमको चेक संस्थाका प्रबन्धक प्रेम बल्लभ जोशी कुवरलाई हस्तातरण गर्नु भएको थियो ।
