दार्चुला भाद्र ०१ । ब्यासी शौकाहरु ब्यास ऋषिको पूर्जा गर्न थातथलो फर्कन सुरु गरेका छन् । पूर्णिमाको दिन लाग्ने ब्यास ऋषिको पूर्जा भर्न काम विशेषले थातथलो बाहिर रहेका ब्यासीहरु गाउ फर्कन थालेका हुन् । पूजाका लागि ब्यास जान नेपालबाट बाटो नहुदा ब्यासबासीलाई भारतीय मार्ग प्रयोग गनुपर्र्ने बाध्यता भएको यशोदा तिंकरीले बताउनुभयो । नेपाल र भारतमा बसोबास गर्ने ब्यास घाटीका स्थानीय पूर्णिमाको दिन ब्यास ऋर्षी पूजा विशेष रुपमा मनाउने गर्छन् । ब्यास घाटीका कुटी, नावी, गुञ्जी, रङकङ्, नपच्यु, बुदी, गव्र्याङ्, छाङरु, स्याङ्काङ् र तिंकर गाउका स्थानीयहरु ब्यास फर्कन थालेका छन् ।
पुख्र्यौली बसोबास ब्यास घाटी रहेको र अहिले काम विशेष तथा स्थायी रुपमै बाहिर बस्ने भएपनि ब्यास ऋषिको पूजा गर्ने थातथलो फर्कने गरेका छन् । पूर्णिमाको दुइ दिन अघिदेखि ब्यास ऋषिको प्राणाङगणमा जागाराम बस्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय