काठमाडौं । गायक प्रकाश सपुतले ‘पिर’ गीतमाथि विशेषगरी नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले चौतर्फी हमला गरेपछि यसबारे प्रष्टीकरण दिएका छन् ।

माओवादीका नेता कार्यकर्ताले गीत बहिष्कार गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सपुतले गीतमा माओवादी युद्ध र आन्दोलनलाई गलत रुपमा नअथ्र्याएको बरु भए भरका परिवर्तनका जस माओवादीलाई नै दिएको प्रष्ट्याएका छन् ।

उनले भनेका छन्, ‘माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो।’

गायक सपुतले भिडियो हेर्दा जुन जुन दृश्यले सम्बन्धित व्यक्तिहरुलाई चोट पुगेको छ त्यसमा माफी पनि पनि मागेका छन् । ‘भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ !,’ उनले लेखेका छन्, ‘किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन् ! गाउनुपर्ने कयौं, गित छन् ! तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।’

                                                                                    news24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय