दार्चुला । रंगहरुको पर्ब होली दार्चुलामा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
परापुर्वकालमा आफ्ना सत्यवादी छोरा प्रलाहदको अन्त्य गर्न खोज्ने हिरणय काश्यप तथा उनकी बहिनी होलिकाको अन्त्य भएको दिनको रुपमा फागु पुणिमालाई मनाईदै आएको पाईन्छ ।
फाल्गुण महिनाको पुणिमा र परेवा तिथिमा २ दिन मनाईने होली जिल्लामा शान्तिपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पुणिमाको दिन पहाड र परेवा तिथिमा तराई भेगमा मनाईने गरिन्छ । दार्चुला जिल्लाको विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु गरि सामुहिक रुपमा होली पर्व मनाईएको छ । त्यस्तै विभिन्न संघ सस्थाहरुले औपचारिक तथा मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरेर होलीको रौनक थप्ने काम गरेका थिए ।
सामुहिक रुपमा भाईचारा कायम गर्दै एक आपसमा रंग पोती मनाईने होलीले जबर्जस्ती रंग पोत्ने, बहानामा झैझगडा नै हुने जस्ता विकृत पक्षहरु हटाउन जिल्ला प्रहरी कार्यालयले बजार क्षेत्रमा माकिङ गरी सचेत गराएको थियो ।
असुरको पराजय भई सत्यको विजय भएको खुशीयालीमा यो पर्व मनाईएको पाईन्छ ।
