
दार्चुला भाद्र ०१ । दार्चुला काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौंको बसुन्धारा स्थित दियालो फुडल्यान्डमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। महाधिवेशनको पुर्वसन्ध्यामा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका सांसद दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै बडुले जिल्लाका नेता तथा कार्यकर्तालाई देशको समग्र राजनीतिक घटनाक्रम बारे जानकारी गराउदै महाधिवेशन हुने पक्का भइसकेको र महाधिवेशनको तयारिमा जुट्न सबैलाई आग्रह गर्नु भएको छ। अब सुरु हुनै लागेको महाधिवेशनमा सम्पुर्ण क्रियाशिल सदस्य हरुसंग सल्लाह र सहकार्य गरि दार्चुलाको अधिवेशनलाई उदाहरणिय अधिवेशन बनाउन समेत आग्रह गर्नु भएको छ।
दुई तिहाइको सरकारले देशलाई अस्थिर तिर लग्नु बाहेक केही गर्न नसकेको र देश विकासका लागि कांग्रेसको सरकार हुनुको विकल्प समेत नरहेको बताउनु भएको छ।
चियापान कार्यक्रममा जिल्ला कार्य समिति सभापति ललित सिहं बोहरा, जिल्ला समन्वय समिति अध्यक्ष करविर बाहादुर कार्की, नेपाली कांग्रेस उप सभापति एवम शैल्य शिखर नगर प्रमुख अमर सिह धामी, नेपाली कांग्रेसका उप सभापति ललित सिह ठगुन्ना, महाकाली नगरपालीकाका नगर प्रमुख
हंश राज भट्ट, मालीकार्जुन गाउँ पालिका अध्यक्ष नरेन्द्र सिंह धामी, दुहुँ गाउँ पालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की ब्यास गाउँ पालिका अध्यक्ष
दिलिप सिंह बुढाथोकी, नेपाली कांग्रेसका नेता जगदीश पाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।