दार्चुला : घरेलु हिंसा जस्तो सामाजिक अपराधका घट्नाहरुमा मिलापत्र गरिदा हिंसाको ग्राफ बढेर गएको छ । हिंसा सहन नस्कदा कारबाहीका लागी प्रहरीमा उजुरी गर्ने तथा दुवै पक्षलाई बोलाएर सोधपुछ गर्दा धेरै जसो घट्नाहरु मिलापत्रमै टुङ्गिने गरेको प्रहरीको तथ्याङ्कमा छ । ‘घरेलु र महिला हिंसाका अधिकांस घट्नाहरुमा उजुरी आउछन, अन्त्यमा मिलापत्र गर्दछन्, सोही कारणले हिंसा बढ्दै गएको पाइन्छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले भन्नुभयो ।’
सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न समयमा जनचेतना मुलक कार्यक्रमहरु गरेता पनि घरेलु र महिलाहरु माथि हुने यस्ता घटनामा कमी आउन सकेको छैन । मदिरा सेवन, दाइजो प्रथा, अशिक्षा, बेरोजगारी आदी कारणले घरेलु र महिला हिंसा हुने गरेको महिला अधिकारकर्मीहरु बताउछन् । हिंसा न्युनिकरणका लागी कानुनको प्रभावकारी कार्यान्वय, स्थानिय सरकार, संघ संस्थाहरुले सक्रियताका साथ विभिन्न जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने उनिहरु बताउछन् । दार्चुलामा गत आर्थिक वर्ष २०७७÷७८ मा घरेलु हिंसाका ३९ र महिला हिंसाका २३ गरी ६२ घट्ना दर्ता भएका छन् । ति मध्ये ५३ थान मुद्दाहरु मिलापत्र गरी टुङ्गिएका छन्, भने ८ थान मुद्दा अदालत गएको तथा १ थान मुद्दाका पिडित सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७७÷०७८ को साउनमा घरेलु हिंसाका ३ र महिला हिंसाका ३ थान मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । यस्तै भदौ असोजमा समान ३÷३, कार्तिकमा ५, मंसिरमा ३, पौषमा १, फागुनमा १५, चैत्र र वैशाखमा ५÷५, जेठमा ४, असारमा १२ थान घरेलु र महिला हिंसाका मुद्दा दर्ता भएको जनाइएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा घरेलु हिंसाका ३९, महिलाका हिंसाका २४ र लौङ्गिक हिंसाका ५ थान उजुरी परेको बताइएको छ । यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा घरेलु हिंसाका ४५, महिला हिंसाका ३४ उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय