बैतडी । बैतडीको सुर्नया गाउँपालिकाले शुक्रबारदेखि सञ्चालन गरेको तेश्रो अध्यक्ष कप मावि स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि राष्ट्रिय मावि फाटीगडाले हात पारेको छ । उपाधिसगै फाटीगडाले ३० हजार ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । यस्तै द्धितिय हुनेमा रौलेश्वर माबि राम्कि ब्राईलले २० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने तृतिय हुनेमा केदार माबि सातकट्मडाले १० हजार ट्रफी मेडल र प्रमाण पत्र र यस्तै स्वान्तना पुरुस्कार स्वरुप कैलपाल माबिले ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सुर्नया गाउँपालिका वडा नं ७ स्थित भुवनेश्वर मावि चौथालीको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सात टोलीको सहभागिता रहेको थियो ।

