धनगढी । कैलालीको धनगढीमा आइतवारबाट मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो। ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागि पवित्रा धामीले अजिवित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन। सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन। उसका श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान २÷२ तथा विना थापाले १ विकेट लिइन् ।

त्यसअघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डो¥याए किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन् । बलिङतर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन। खेलको प्लेयर अफ दी म्याच कर्णालीकी एन्जीला थापा भइन् ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतको उपस्थिती रहेको थियो। कार्यक्रम सञ्चालन नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सितारामा ओझाले गरेका थिए।
साभारः दिनेश खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय