दार्चुला भाद्र २ । सार्वजनिक स्थानमा युवती माथी हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचका एमाले गाउँ कमिटि अध्यक्ष सुरेन्द्र खडायतलाई प्रहरीले पक्राउ गरेको छ । गाउँ कमिटि अध्यक्ष खडायतले साउन २७ गते बलाच स्थित आइटी ओजेटी गरिरहेकी २० वर्षिय एक युवतीलाई सार्वजनिक स्थानमा गलत मनसायले हातपात गरेको जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जाहेरीका आधारमा साउन ३२ गते खडायत विरुद्ध सार्वजनिक स्थानमा महिला माथी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । ३५ वर्षिय खडायतले साउन २७ गते ओजेटी गरिरहेकी एक युवतीलाई बेलुकी ५ बजेतिर हात समातेर गलत मनसायले आफुतिर तानेको पिडितका आफन्तले बताएका छन् ।
घट्ना साउन २७ गते घटेको भएपनि प्रहरीमा ढिलो गरी जाहेरी आएका कारण साउन २९ गते मात्रै पिडक खडायतलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको उहाले बताउनुभयो । पिडक तथा एमाले गाउँ कमिटि अध्यक्ष खडायत अहिले प्रहरी थुनामा छन् । अदालतबाट १५ दिनको म्याद थप गरी खडायत माथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँ कमिटि अध्यक्ष खडायतलाई लागेको आरोप प्रमाणित भए सार्वजनिक स्थानमा महिला माथी अभद्र व्यवहार गर्न नहुने कसुर अन्तरगत एक वर्ष कैद १० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs