ब्यास गाउपालिका–२ तल्ला दुम्लिङका २३ घरधुरीको बिजुलीको बिल ब्यास गाउपालिका–२ का वडाध्यक्ष धिरनसिह बुढाथोकीले तिर्ने बताएका छन् । तल्लो दुम्लिङ्का आर्थिक अवस्था कमजोर भएका २३ परिवारको बिजुलीको बिम बमोजिममा रकम तिर्ने घोषणा गरेका छन् । गत आर्थिक बर्षको साउनदेखि २०७८ असार मसान्तसम्मको बिजुलीको बिल अध्यक्ष वुढाथोकीले नै तिरेका थिए । एक बर्षमा तीन किस्ताका दरले ४० हजार रुपैया बराबरको बिजुलीको महसुल आउने गरेको छ । यसका लागि जलविद्युत आयोजना समिति, स्थानीय र वडाध्यक्ष बुढाथोकीबीच सम्झौता हुने गर्छ ।
चालु आर्थिक बर्षको बिल वडाध्यक्षले तिर्ने बताएकापछि स्थानीयबासि खुशि हुदै अध्यक्ष बुढाथोकीलाई धन्यवाद दिने भएका छन् । अझ यस वर्षको पनि आफैले तिर्ने भनेपछि स्थानिय खुसी हुदै अध्यक्ष वुढाथोकीलाई धन्यवाद दिएका छन् । उनीलाई वास्तविक जनताको समस्या वुझ्ने नेताका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय