दार्चुला भाद्र ३ । असारको सुरुवातको लगातारको बर्षाले जिल्लाका अधिकांश ठाउहरुमा पहिरो खस्दा अवरुद्ध भएका बाटोघाटो खुल्न नसक्दा आवतजावतमा समस्या भएको छ । बर्षात्को बाढी पहिरोले बाटोमा क्षति पुग्दा पैदल हिड्नै मुस्किल भएको स्थानीय बताउछन् । बर्खाको सुरुकै बर्षाले जिल्लाका ग्रामिण सडक अधिकांशका पैदल बाटाहरु बन्द भएका छन् र कतिपय ठाउहरुमा जोखिम मोलेर हिड्डुल गर्नुपर्ने अवस्था सुजना भएको स्थानीयहरुको गुनासो रहेको छ । ब्यास र दुहुलाई सदरमुकाम जोड्ने सडक तथा घोरेटो बाटोमा आधा दर्जनभन्दा बढी ठाउहरुमा पहिरो खसेको छ । ब्यास जोड्ने तिंकर सडक दुइ महिनादेखि बन्द हुदा स्थानीयलाई आवतजावत गर्न साह्रै अप्ठ्यारो भएको ब्यास गाउपालिका–५ का रामसिह धामीले बताउनुभयो । तिंकर सडक कटिङ् भईरहेको धौलाकोटमा पहिरो आउदा करिब २० मिटर बढी बाटो भत्केको छ । उक्त बाटो भत्किदा ब्यासका स्थानीयलाई आवतजावत गर्न डेढ घण्टाको लामो बाटो थप हिड्नु परेको ब्यासका स्थानीय जनकराज भट्टले सुनाउनुभयो । भिरको बाटो भएकोले माथिबाट ढुङ्गा खस्ने सम्भावना धेरै हुन्छ । उक्त बाटोको बहुगाउ नजिक, हिकिलाको पोखराभिर, तिमुरपाटा तथा राताकाठा क्ष्ँेत्रमा पहिरो खसेको हुनाले सदरमुकाम आउन साह्रै समस्या परेको स्थानीयहरुको भनाई छ । तिंकर सडकमा यातायात साधनहरु दुहु गाउपालिका–४ चल्यागाडासम्म चल्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय