
दार्चुला भाद्र ०३ । लेकम गाउँपालिकाका स्थानीयले तोकिएको ठाउबाट प्रशासनिक कामकाज चलाउनुपर्ने भन्दै पटक–पटक गाउपालिकाको कार्यालयमा स्थानीय संघर्ष समिति तालाबन्दी गर्दै आएका छ । यस पटक साउन १५ गते लगाइएको तालाबन्दी मंगलबार गाउपालिकाको कार्यालयले तोडेको हो । गाउपालिकाले संघर्ष समितिको समन्वय बेगर ताला तोडिएको भन्दै थप संघर्षको कार्यक्रम अगाडि बढाईने जनाएको छ ।
रातामाटाका स्थानीयले विगत केहि बर्षदेखि गाउ कार्यपालिकाले गरेको निर्णय अनुसार रातामाटामा लेकम गाउपालिकाको प्रशासकिय कामकाज हुनुपर्ने माग राख्दै आएका छन् । यसका लागि स्थानीयले दिपक बिष्ट संयोजक रहने गरी संघर्ष समिति गठन गरेर संघर्ष गर्दै आएका छन् । अहिले पनि गाउपालिका कार्यपालिकाको लेटर प्याडमा ठेगाना रातामाटा लेखिएको छ । कामकाज खरकडाबाट भईरहेको संघर्ष समितिको भनाईरहेको छ ।
गाउपालिकाका प्रवक्ता एवं वडा नंं ४ का वडाध्यक्ष महेन्द्रप्रसाद जोशीका अनुसार अहिले गाउपालिकाको प्रशासकिय भवन बनाउनका लागि टेण्डर भईसकेको छ । अहिले रातामाटामा प्रशासनिक कामकाज चलाउन भौतिक संरचना नभएकोले निर्माण हुने बित्तिकै रातामाटाबाट नै कामकाज गरिने गाउपालिकाको भनाईरहेको उहाले बताउनुभयो ।