दार्चुला भाद्र ३ । तुईन प्रकरणमा घटना घटेको नभई घटाएको ठहर नेपाल कम्युनिष्ट पार्टी दार्चुुलाले निकालेको छ । जिल्ला सदरमुकाम खलंगामा वुधवार आयोजित तुइन घटना र राष्ट्रिय सवालका विषयमा जिल्लामा सरोकारवालहरु सँग अन्तरक्रिया गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल कम्युनिस्ट पार्टीले मालघट्नाका पीडित परिवारको जिम्मेवारी राज्यले लिनुपर्ने बताएको छ । नेकपाले जयसिह धामीको हत्याका दोषीलाई कुटनीतिक पहल गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरेको छ । यस्तै पीडित परिवारलाई क्षतिपूर्ति र राहतको व्यवस्थापन गर्नुपर्ने, वेपत्ता जयसिह धामीको छोराछोरीको पठनपाठनको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरेको छ । व्यासबासीले आफ्नो भूमितर्फबाट राम्रो बाटो र सडक नहुँदा भारतीय बाटो हिड्नुपरेको उल्लेख गर्दै दुर्गम क्षेत्रमा बाटो निर्माण, खाद्यान्न ढुवानी, सरकारले तत्काल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम पाटीका केन्द्रिय कमिटि सदस्य ओम प्रकाश पुनले मालघट्नामा भारतीय पक्षको कमजोरी रहेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने बताउनुभयो । घट्ना घट्नुमा एसएसबी नै दोषी देखिएको छ, र घट्नाको कारणमा नेपाल सरकार पनि जिम्मेवार हुनु पर्नेमा जोड दिनु भएको छ । सरकारले समयमै बाटो सडक र पूल बनाइदिएको भए अहिले जयसिह जस्ता कयौंले अकालमै ज्यान गुमाउनुपर्ने थिएन् उनले भने । त्यस्तै अर्का वक्ता पुर्व संविधान साभा सदस्य डवल साहले सरकारको छानविन समितिले हेली चडी रिपोर्ट लगिसकेको भन्दै सार्वजनिक गर्न ढिलो भएको वताउनु भयो । पछिल्लो समय त्यस क्षेत्रमा खाद्यन्नको समस्या रहेको भन्दै राज्यको दायित्व खाद्यन्न पुर्ति गर्ने भन्दै तत्काल ब्यवस्था गरी सरकार भएकोे जनताहरुलाई अनुभुति दिलाउनु पर्ने वताए ।
सरकार गिराउने पार्टी फुटाउने वाहेक सरकार संचालकहरुले अरु केहि नसोचेको भन्दै तिंकर सडक निर्माणको कार्यलाई गम्भिर रुपमा लिई तत्कालन निर्माण कार्यको पुर्णता दिनु पर्नेमा जोड दिए । प्रदेशमा गएका दाजुदिदिहरुलाई वेला वेलामा लुटेको र अमानविय ब्यवहार गरको भन्ने कुनै नौलो कुरा नभएको भन्दै सरकारले कुटनीतीक रुपमा यसको समाधान गर्नु पर्ने वताउनु भएको छ । केहि समय अघि मात्रै पार्टीलाई लगाएको प्रतिवन्ध खुकुलो भएको भन्दै आफुहरु सरकारसँग राष्ट्रियताको विषयमा खुल्ला ठाउँमा वार्ता गर्ने वताउनु भएको छ । पार्टीले लामो समय अध्ययन पछि सार्वजनिक रिपोर्टमा भारत तर्फ पुग्न करिव २÷३ मिटर मात्रै वाकि हुदा भारतीय सिमा सुरक्षा वल एसएसवीले तुईनको डोरी फुकालीदिएपछि धामी वेपत्ता भएको भन्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय