बैतडी । जिल्लाको शिवनाथ गाउँपालिकाको वडा नं ६ छेलामा दुर्घटना हुँदा १ जना घाइते भएका छन् । म १ ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ का करिब ६५ बर्षका गोबडि देवी साउँद घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको खबर प्राप्त भएको छ । जिप सडकबाट करीब सय मिटर तल खसेको छ ।
जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका थिए । पन्तले जबरजस्ती जिप चलाउदा दुर्घटना भएको बताईएको छ तर जिप चालक विरेन्द्र महताले नै जिप चलाएको प्रहरीको दाबीे छ ।
