
दार्चुला भाद्र ३ । गृहमन्त्री बालकृष्ण खाणले ब्याँस गाउँपालिकामा तत्काल खाद्यान्न ढुवानीको व्यवस्था मिलाईदिन खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड लाई निर्देशन दिएको छ । ब्याँस गाँउपालिका भौगोलिक रुपमा विकट भएको र यातायात समेत पहुच नभएकोले खाद्य संकट परेको भन्दै वुधवार मात्रै गाउँपालिका अध्यक्ष दिलिप सिह वुढाथोकीले गुहमन्त्री खाण लाई जनाकारी गराएका थिए ।
गाँउपालिकाका विभिन्न ठाउमा तुइनको सहायताले भारतीय बजारमा निर्भर रहेका नागरिकहरुलाई पछिल्लो समय मालघाट घटनाले भारतीय पक्षले महाकाली नदिमाथिका सबै तुइन बन्द गरेपछि खाद्य संकट भएको छ ।
गाँउपालिकाको वडा नं. १,२,३ र ४ वडामा खाद्यान्नको निक्कै चरम संकट भएको स्थानियहरुले वताएका छन् ।
गृहमन्त्री खाणलाई वुधवार उनकै कार्यकक्षमा पुगेर तत्काल हेलिकेप्टर मार्फत चावल लागयत अन्य खाद्यान्नका सामानहरु ढुवानिका लागी पहल गरिदिन आग्रह गरेका थिए । सोही आग्रहलाई गृहमन्त्री खाणले गम्भिर रुपमा लिई तत्काल खाद्यान्न ढुवानीको व्यवस्था मिलाईदिन खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड लाई निर्देशन गरेको हो ।
गाँउपालिका अध्यक्ष बुढाथोकीका अनुसार गृहमन्त्रीलाई ब्याँस गाँउपालिकाको वडा नम्बर १ मा दुई सय क्विन्टल, वडा नम्बर २ मा एक सय क्विन्टल, वडा नम्रब ३ मा एक सय क्विन्टल र वडा नम्बर ४ मा दुई सय क्विन्टल चामल हेलिकप्टर मार्फत ढ्वानी गरिदिन अनुरोध छ । साथै पत्रमा उध्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय लाई समेत बोधार्थमा राखेको छ । यसले ब्यास बासिको खाध्यान्नको अभावमा भोकमरी हुने समस्यालाई हटाउने भएको छ । यो विशेष प्रयासका लागि ब्यास गाउपालिकाका अध्यक्ष वुढाथोकीलाई गाउँहरुले धन्यवाद दिएका छन् ।