दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी एक १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय महेशराम लुहारलाई प्रहरीले पक्राउ गरेको छ ।
युवकले बालिकालाई विद्यालयबाट घर फर्किने क्रममा बाटोमा जबरजस्तीकरणीको प्रयास गरेको भन्दै पीडित बालिकाका आफ्न्तले प्रहरीमा चैत्र २४ गते जाहेरी दिएका थिए । घट्ना चैत्र १८ गतेको भएपनि पीडित बालिकाका आफन्तले ढिलागरी चैत्र २४ गते मात्रै जाहेरी दिएको तथा मौखिक जानकारीको आधारमा पीडकलाई २३ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्दामा तीन वर्षसम्म जेल सजाय हुनुका साथै ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । आरोपी युवकलाई पक्राउ गरी थुनामा राखेर घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।
साभारः लोकदर्पण
