दार्चुला । दार्चुलाको रिङनताल भन्ने ठाउँमा महाकाली नदीमा हाम फालि एक महिलाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ खलंगा स्थित घाटबजारको एक होटलमा काम गर्दे आएकि अपिहिमाल गाउँपालिका–४ खत्तिकी करिब २८ वर्षीया दमन्ती धामीले ज्यान गुमाएकी हुन् ।
रिङनतालको सिढीबाट महाकाली नदीमा हाम फालेको स्थानीयले देखेका थिए । लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब २ किलोमिटर तल महाकाली नगरपालिका–५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट उनको शव निकालेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
