जिल्ला सदरमुकाम खलंगाको राधाकृष्ण चोक नजिकै रहेको गायाका मोवाईल सेन्टरमा चोरी भएको छ । शुक्रबार विहान करिव २÷३ बजेतिर चोरी भएको पसल संचालक दिलिप सिंह बिष्टले जानकारी दिनुभयो । विद्युत नभएको बेला पसलमा जडान गरिएको सिसिटिभि नचलेको तथा वाहिर निकै ठुलो वर्षा भइरहेका कारण चोरी गरेको थाहा नपाएको उहाले बताउनुभयो । चोरले घरको भ्यानल गेटमा लगाएको ताला तोडेर भित्र पसी चोरी गरेको संचालक बिष्टले बताउनुभयो ।
चोरले पसलबाट एम टु पोको मोबाइल ४ थान, एम थ्री पोको मोबाइल १ थान, भिभो वाइ ट्वान्टी १ थान, २ थान पावर ब्यान्क, मर्मतका लागी राखिएका विभिन्न कम्पनीका मोबाइल ३ थान, नदग ६५ हजार र एनआइसी एसिया बंैकको एटिएम १ थान र माछापुछ्रे बंैकको एटिएम २ थान चोरी गरेर लगेको उहाले जानकारी दिनुभयो ।
गेटको ताला तोडेर पसल भएको ढोकाबाट भित्र छिरेर चोरी गरेको बताउदै पसल संचालक बिष्टले केहि व्यक्ती शंकाको घेरामा रहेको प्रहरीलाई बताएका छन् । चोरी भएको घट्नाबारे प्रहरीमा खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट घट्ना स्थल खटिएको प्रहरी टोलीले चोरी मुचुल्का उठाएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । चोरले ६५ हजार नगद सहित मोबाइल गरेर अन्दाजी २ लाख बराबरको समान चारेको संचालक बिष्टले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs