काठमाडौं । भारतमा आगलागीमा परि एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको हरियाणा हिसारमा हिजो राति भएको आगलागीमा परि ती बालकको ज्यान गएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो । मृतक बालक ३ महिना अघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेको जनाइएको छ ।

मृतकका आफन्तका अनुसार भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए । राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएको तर भीमबहादुर भने सुतेको अवस्थामा रहेकाले उनी आगलागीमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको शव पोष्टमार्टम गरि आफन्तलाई बुझाउने तयरी भइरहेको जनाइएको छ ।

                                                                                      साभारः news24

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय