बैतडी । जिल्लाको मेलौलीमा आँखा शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पतालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । निशुल्क आँखा उपचार तथा अप्रेसन शिविरबाट ५ सय ६८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ ।
शिविरमा १ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया भएको बताईएको छ । यस्तै आँखाको उपचार सेवा निशुल्क पाउँदा नागरिकहरु हर्षित भएका छन् ।
