दार्चुला । दुहुँ गाउँपालिका आयुर्वेद शाखाको आयोजना तथा दुहुँ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र हिकिलामा आइतवार संचालन गरिएको एक दिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख रंगलाल महतले जानकारी दिए । शिविर संचालनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको प्राविधिक सहयोग रहेको थियो ।
उक्त शिविरमा २ सय ८० जनाले निशुल्क सेवा लिएको उहाले बताए । शिविरमा बढिजसो बाथरोगीका बिरामी उपचारका आएका थिए । त्यस्तै हात खुट्टा दुख्ने, घुँडा दुख्ने, कम्मर दुख्ने, ग्याष्ट्रिक, दम, उच्च रक्तचाप, कब्जियका बिरामी उपचारका लागि आएको प्रमुख महतले बताए । शिविरमा जेष्ठ नागरिक ८५ जना, स्तनपायी ४५ जना र अन्य १ सय ५० जना गरी जम्मा २ सय ८० जनाले निशूल्क सेवा लिएका हुन् । बिरामीहरुलाई निशुल्क रुपमा उपचार गरी औषधी वितरण गरिएको छ । पछिल्लो समय दार्चुलामा आयुर्वेदिक औषधीतर्फ नागरिकको आर्कषण बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय