काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

बिहीबार एक सूचना गर्दै मन्त्रालयले कोभिड(१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले खोप लगाउन बाँकी रहेका सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड १९ विरुद्धको खोप र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएकाहरुले बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन्।

बिहीबार भारतमा २ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको भारतीय मिडियाहरुले जनाएका छन्। अन्नपुर्ण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय