दार्चुला भाद्र ०६। अफगानिस्थानमा रहेका नेपाली नागरिकहरुको उद्धार गर्ने सरकारको निर्णयानुसार दार्चुलामा पनि अफगानिस्थानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरीने भएको छ । आईतवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सार्वजनिक सुचनामा वस्तुस्थिति नाम सहितको विवरण जिल्ला प्रशासन वा नजिकको प्रहरी कार्यालयमा तत्काल वुझाउन अनुरोध गरेका छ ।
नेपाल सरकारको यहि श्रावण ३१ गत्ते वसेको मुख्य सचिव संकरदास वैरागीको संयोजकत्वमा अफगानिस्तानमा रहेका नेपाली नागरीकहरुको सुरक्षित उद्धार गर्ने सम्वन्धमा वसेको वैठकले कार्यदल गठन गरी अफगानिस्थानमा रहेका नेपालीहरुको परिवारहरु सँग विवरण संकलन गरी कार्यदल लाई उपलब्ध गराउने भनी निर्णण भएको थियो । सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले संकलन गर्ने प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो । दार्चुला घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल भुमीमा फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार समेत गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs