दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा आइतवार आयोजित एमाले ¥यालीमा सहभागी एक महिलाको ज्यान गएको छ । नौगाड गाउँपालिका वडा नम्बर ३ गोगनेकी ५० वर्षीया पाना टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउसो एमालेका नेता कार्यकर्ता बाजागाजासहित नौगाड गाउँपालिकाको केन्द्रमा मनोनयन दर्ताका लागि गइरहेका थिए । छलिया बाजामा नाचिरहेकी टमटाको नौगाड–२ सुन्डमुन्डमा मृत्यु भएको हो । ‘टमटा छलिया बाजासँगै नाचिरहेकी रहेछिन्, एक्कासी ढलेपछि बेहोस भइन्,’ खार स्वास्थ्य चौकीका इन्चार्ज गोबिन्द ठगुन्नाले भन्नुभयो, ‘अस्पताल पुगाउँदा उहाँको स्वासप्रश्वासनै बन्द भैसकेको थियो ।’ स्थानीयका अनुसार उनलाई प्युठोमा बोकेर एक घण्टा टाढाको स्वास्थ्य चौकीमा पु¥याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर ध्रुब बिष्टले केही दिनदेखि बिरामी अवस्थामा रहेकी टमटाको अचानक मृत्यु भएको खबर आएको तर उनी ¥यालीमा सहभागि भए नभएकोबारे जानकारी नभएको बताउनुभयो । नौगाडमा एमालेको तर्फबाट अध्यक्षमा प्रेमसिंह धामी, उपाध्यक्षमा गौरीदेबि ठगुन्ना लगायत सबै वडाका उम्मेदवारले आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
                                                                                       साभारः लोकदर्पण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय