दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ रतौडामा आज (सोमबार) नेकपा एमालेको प्रचारमा हिडेको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ना ५ ख १८०८ नम्बरको बसको ठक्करबाट ६ बर्षीय बालक अमृत कपाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
