काठमाण्डौँ । धनुषाको मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । यसअघि नेकपा एमालेबाट मेयर बन्नु भएका महतोको पार्टीले टिकट खोसेपछि उहाँले मेयर पदमा स्वतन्त्र मनोनयन दर्ता गराउनु भएको हो ।

पार्टीको नगर कमिटीले एमालेबाट फेरि मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसिएको थियो । अन्तिम समयमा उहाँको टिकट खोसेर राजाराम महतोलाई पार्टीले मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेता, कार्यकर्ता रुष्ट बनेका छन् ।

                                                             साभारः उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय