दार्चुला । सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
शुक्रबार (हिजो) साँझ आएको हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर ब्रेक भएपछि दार्चुला, बैतडी र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएका छ्न । हावाहुरीले विद्युतका पोल ढलेपछि फाइबर ब्रेक भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधक टोली खटिएको बुझिएको छ। दार्चुलामा बिहिवार बेलुका देखि विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय