![](https://siddatopikhabar.com/wp-content/uploads/2021/08/Bhat-Ghat-Final.png)
दार्चुला भाद्र ८ । महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिकंर सडक योजनाको बहुवर्षिय ठेक्का स्विकृतीका लागि दुहुँ गाउँपालिकाले नेपाल सरकार अर्थ मन्त्रालयलाई निवेदन दिएको छ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा अर्थ मन्त्रालय गएका दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी र नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहराले अर्थ मन्त्रि जर्नादन शर्मालाई भेटेर आज निवेदन दिएका छन् ।
दुहुँ गाउँपालिकाको लेटर पेडमा ९७ नम्बरको चलानी गरेर महाकाली करिडोर दार्चुला–तिंकर सडक योजनाको बहुवर्षिय ठेक्काको फाइल स्विकृत गरी पाँउ भनेर निवेदन लेखेर अर्थ मन्त्रीलाई बुझाएको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । महाकाली करिडोर अन्तरगत दार्चुला–तिंकर सडक योजनाको खलंगा दुहुँ सुन्सेरा खण्डको स्तरोन्नती गर्न स्रोत सुनिश्चितताको लागी दार्चुला–तिंकर सडक योजना कार्यलयले गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रकृया अगाडी बढाई सो प्रकृया सम्बन्धी फाइल अर्थ मन्त्रालयमा दर्ता भई मन्त्रालयमा पेश भएको भन्दै उक्त फाइललाई अगाडी बढाइदिन निवेदन दिएको उनले वताए ।
हाल सम्म उक्त सडकको स्तरोन्नती नभएका कारण दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिकाबासी आम जनताहरुलाई आवत जावत गर्न, दैनिक उपभोग्य सामग्रीहरुको आपुर्ती लगायत विकास निर्माणका कार्यहरुमा समेत समस्या भइरहेको तथा पालिकाबासी जनताहरुले जोखिम युक्त तुइन प्रयोग गर्नु पर्ने अवस्था रहि आएको भन्दै सामरिक आर्थिक दृष्टिले लाइफ लाइनको रुपमा रहेको उक्त सडकको निर्माण कार्यका लागी बहु वर्षिय ठेक्का सम्बन्धी पेश गरिएको फाइल स्विकृत गरी यथासिघ्र ठेक्का प्रकृया अगाडी बढाउन सम्बन्धित निकायलाई निर्देशन गरीदिन भनि निवेदन दिएको उनले वताए ।
दार्चुला–तिंकर सडक स्तरोन्नती गर्ने कुरामा अर्थ मन्त्रि सकारात्मक रहेको अध्यक्ष कार्कीले वताए ।