बैतडी । बैतडीमा तीन दिन देखि संञ्चार सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझ चलेको हावाहुरीका कारण जिल्लाको बिद्मुत सेवा बन्द भए संगै संञ्चार सेवा समेत अवरुद्ध भएको छ । बैतडी र डडेल्धुराको सिमाना आनारखोली स्थित नेटवर्कको फाईबर भाँच्चिदा ईन्टरनेटमा सम्स्या आएको हो । हावाहुरीका कारण बिद्मुतका पोलहरु ढलेर नियमित प्रशारण नहुँदा जिल्लामा रहेका संञ्चारमा समेत समस्या भएको छ ।

सिद्धटोपीले यो समाचार तयार पार्दा सम्म बिद्मुत आउने जाने भैरहेको छ । बिद्मुत र ईन्टरनेट नहुँदा जिल्लाका प्रशासनिक कामहरु ठप्प रहेका छन् । यता नेपाल टेलिकम शाखालाई सोध्दा उक्त ठाउँमा प्राबिधिकको टोली खटिएको जनाएको छ ।

सामान्य हावाहुरी चल्दा समेत बैतडीको बिद्मुत र ईन्टरनेटमा समस्या हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय