काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । आज (सोमबार) गृह मन्त्रालयमा आयोजित एक समारोहमाझ गृह सचिव टेकनरायण पाण्डेले दुवै आईजीपीलाई फुली लगाइदिएका हुन् ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले सिंह र अर्याललाई क्रमशः नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो ।
                                                                                  साभारःnews24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय