बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको वडा नं ५ मा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । एमाले कार्यकर्ताहरुले खुकुरी प्रहार गरेको खुलेको छ । साउँद एक घर बाट अर्काे घर गइरहेका बेला बीचबाटोमा स्थानीय अजित साउँद र उनको समूहले खुकुरी प्रहार गरेको थिए ।

सेमबार राति करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार अन्दाजी ६० वर्षीय हरिराम साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

गम्भिर घाइते भएका साउँदको टाउको र शरिरमा गहिरो चोट लागेको छ । गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी निरीक्षक जोशीले घटनामा संलग्न अन्यको पनि खोजि भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय