दार्चुला भाद्र ०८ । दार्चुलामा जिपमा खसेका सुनका गहना सम्बन्धित व्यक्तीलाई बुझाइएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरबाट बगौरा जाने क्रममा म १ ज १२८ नम्बरको जिपमा खसेको सुनको गहना बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ कपल्टा बस्ने २० वर्षिय मनिसा साउँदलाई बुझाइएको छ । सुनको गहना जिपमा छुटेको बारे चालक तेज सिंह धामीले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा खबर गरेपछि प्रहरीले गहना धनीलाई बुझाएको हो । गहना हराएको बारे खोज तलासी गर्दा साउँदको भनि खुल्न आएका कारण उनलाई बुझाइएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।