काठमाण्डौ । सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दैछ । सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन् ।

काठमाण्डौ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार हुनुहुन्छ भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनले हिजो चितवनको भरतपुरमा चुनावी सभा गरेको थियो । चुनावी तालमेलका कारण नेता कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढिरहेका बेला विश्वासको वातावरण बनाउन सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गरिरहेका छन् ।

                                                                           साभारः उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय