दार्चुला । जिल्ला सदरमुकाम खलंगाको घाटबजारमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट एक युवक चरेस सहित पक्राउ परेका छन् । पुलमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले हिजो दिउसो करिव २ बजेतिर ब्याँस गाउँपालिका–६ हुतीका २० वर्षिय विरेन्द्र कुवरलाई चरेस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

भारतबाट नेपाल आउदै गरेका ति युवालाई शंकाको घेरामा राखेर चेकजाँच गर्दा २ सय ग्राम चरेस फेला परेको उहाले बताउनुभयो । अहिले ति युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुलघाटमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले दैनिक जसो लागु औषध बरामद गर्ने गरेको छ ।

यस अगाडी पुलघाटबाट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई जना युवाको साथबाट २८ ट्याब्लेट स्पाश र १ बोतल कोरेक्स नामक लागु औषध र केही चरेशका स–साना पुडियाँ बरामद गरेको थियो ।

                                                                      d. fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय