दार्चुला भाद्र ९ । पछिल्लो समय जिल्लामा कोभिड १९ को संक्रमण दर वढ्दै गईरहेको पाईएको छ । विभिन्न समयमा विभिन्न स्थानिय तहले गरिएको एन्टिजेन परिक्षणमा ५४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । सवैभन्दा वढी ब्याँस गाउँपालिकामा २९ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । त्यसै गरि महाकाली नगरपालिकामा १० जना, शैल्य शिखर नगरपालीकामा २, मालिकार्जुन गाउँपालिकामा २, दुहुँ गाँउपालिकामा ३, र मार्मा गाउँपलिकामा ८, जनामा संक्रमण पुष्टि भएको छ ।
वुधवार जिल्लामा प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा वसेको कोभिड १९ ब्यवस्थापन समिति डिसिसिएमसीको वैठकले गरौमा भिडभाड नगर्न तथा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

दार्चुलास्थित नेपाल भारत सिमानाकामा झोलुङगें पुलहरु सञ्चालनमा रहेकोले उक्त नाकाहरुबाट जिल्ला भित्रिने नागरिकको सम्बन्धित स्थानीय तहहरुले एन्टिजेन परीक्षणको व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वमा भिडभाड नगरि सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउन अनुरोध गरिएको छ । भिडभाड नहुने ढंगले आ–आफ्नो पालिकाभित्र व्यवस्थापन गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
कोरोनाको तेस्रो लहरले खासगरी १८ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई संक्रमण हुने उच्च जोखिम रहेकोले सबै नागरिकलाई आ–आफ्ना बच्चाहरुको स्वास्थ्य अवस्थालाई ख्याल राख्दै भिडभाड हुने स्थानहरुमा नपठाउन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय