दाङ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका–१७ वडाका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको निधन भएको छ । ५४ वर्षीय चौधरीको उपचारका क्रममा टिचिङ अस्पताल काठमाण्डौमा गएराति ज्यान गएको हो ।चौधरी उम्मेदवारी दर्ता गराएदेखि बिरामी अवस्थामा हुनुुुहुन्थ्यो । चौधरीको फोक्सोमा पानी जमेको उहाँको परिवारले जानकारी दिएको छ । उहाँ २०७४ सालको स्थानीय चुनावमा १७ नम्बर वडाबाट निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

उहाँको शवलााई आज काठमाडौबाट दाङ ल्याइँदै छ ।
साभारः उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय