बैतडी । मतदान गरेर घर फर्कने बेला एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोटको मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका बर्ष ८४ का हरि सिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको हो । मतदान केन्द्रमै ढलेका भाटलाई स्थानिय स्वास्थ्यचौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताए ।
