बतडी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेकोे म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको छ । दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । चालक प्रकाशसिंह धामी, सवार नविन सिंह धामी र हरिश धामीको ज्यान गएको छ । मृतक तीनै जना ग्वानीका स्थानीय थिए । गोकुलेश्वर बाट पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल भिरमा खसेको र थप बिवरण आउन भने बाँकी रहेको स्थानिय दान सिंह डागाले बताउनु भएको छ । राजेन्द्र सिह बिष्टको नाममा रहेको हाइस दुर्घटना भएको हो ।
