कामाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुममै एमालेलाई स्थानीय निर्वाचनमा ठुलो धक्का लागेको छ । विगतमा एमालेको गढ भनेर चिनिएको यो जिल्लामा अहिले सत्तारुढ गठबन्धनका सामु एमाले निरीह देखिएको हो ।

दुई नगरपालिका र चार गाउँपालिका गरी जम्मा ६ स्थानीय तह रहेको यो जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले पाँच वटा पालिका जितेको थियो । स्थानीय तहको निर्वाचन २०७९ मा भने एमालेले तीन वटा पालिकामा मात्र जित हासिल गरेको छ । एमालेले जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको छ ।

तेह्रथुममा म्याङ्लुङ र लालीगुराँस गरी दुईवटा नगरपालिका छन् भने आठराई, छथर, फेदाप, मेन्छायाम गरी चारवटा गाउँपालिका छन् । यसपटकको निर्वाचनमा यो जिल्लाका ४ वटा गाउँपालिका र दुई नगरपालिकाका प्रमुख पद काँग्रेस र एमालेले आधा आधा हात पारेका छन् । काँग्रेसले आठराई तथा फेदाप गाउँपालिका र लालीगुराँस नगरपालिकामा विजय हासिल गरेको छ भने एमालेले छथर तथा मेन्छायाम गाउँपालिका र म्याङ्लुङ नगरपालिकामा विजय हासिल गरेको छ । (रातोपाटिबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय