दार्चुला भाद्र १० । महाकाली लोकमार्ग अन्तरगत महाकाली नगरपालिका–९ चुच्चै स्थित सडक भासिदा अबरुद्ध लोकमार्ग आसिंक रुपमा आजबाट संचालनमा आएको छ । भदौ २ गते बुधबार सडक भासिदा लोकमार्ग अबरुद्ध भएको थियो । सो क्षेत्रको सडक तलबाट लगाइएको मेसिनरी पर्खाल भत्किदा सवारी आवागमन प्रभावित भएको थियो । सडक डिभिजन कार्यालय पाटन बैतडीले अबरुद्ध सडक निर्माण गरेपछि आजबाट साना सवारीका साधनहरु संचालनमा आएका छन् । सडक भित्ता तिर कडा चट्टान भएका कारण हाललाई साना सवारी साधन संचालन गर्ने गरी सडक निर्माण गरिएको जनाइएको छ । सडक डिभिजन कार्यालयको मेसिनले ठुला सवारीका साधनहरु समेत संचालन हुने गरी सडक निर्माण गरिरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रको ८ मिटर लम्बाई सडकको ठाउँ ठाउँमा भासिएर ठुला सवारी साधन चल्न संचालनमा समस्या भएको थियो । अहिले सो क्षेत्रमा साना सवारीका साधन मात्रै संचालन भइरहेको प्रहरीले बताएको छ । काठमाण्डौँ, धनगढी र महेन्द्रनगरबाट आउने ठुला सवारीका साधनहरु बस, मालबाहक ट्रक आउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय