दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । लेकम १ छेडेसालको भिरमा लडेर ४० बर्षीया मानमती बोहराको ज्यान गएकोे प्रहरीले बताएको छ । बोहराको विहिवार (आज) विहान घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबिच दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ पनोडा बस्ने एक युवकले खलंगा पुलघाटबाट हाम फालेका छन् । मानसिक अवस्था ठिक नरहेका २४ बर्षीय विकाश लुहारले महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा पुलघाटबाट हाम फाल्नुभएको हो । बिच पुलबाट हामफालेका लुहार पुलको रसिमा अड्किएको र प्रहरी टोलीले सकुसल उद्दार गरेको बताईएको छ ।
