काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पराजित गर्दै रेणु दाहाल मेयरमा विजयी हुनुभएको हो । दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याउनुभएको छ । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याउनुभएको छ ।

सोही महानगरपालिकाको उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारी चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुनभएको छ । नेकपा एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेको छ । ईमेजखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय