काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले धन्यवाद र्याली आयोजना गर्नुभएको छ । राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यवाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा गर्नेछ । यस्तै, चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ । र्यालीका कारण यी ठाउँमा गाडीको चाप बढ्ने भएको छ ।

निर्वाचन आयोगले मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यवाद र्याली सुरु भएको हो । साहले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै आफ्नो ५ वर्षे कार्यकालमा काठमाण्डौलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

गएको ३० गते भएको चुनावमा बालेन्द्र साह ६१ हजार ७ सय ६६ मतसहित विजयी हुनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय