बैतडी । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको सर्पको टोकाइबाट मृत्यु भएको छ । शुक्रबार बिहानको समयमा घरमै सुतिरहेका बेला उहाँलाई सर्पले टोकेको बताईएको छ । गर्मीयाम (बर्खा) सुरु भएसंगै सर्पको बिगबिगि बढेकोले सबैमा सावधानी अपनाउन आग्रह छ ।
