बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ पालडीमा यात्रुवाहक जिप दुर्घटना भएको छ । जिप सडकबाट करिब २० मिटर तल खसेको बताईएकोे छ । पञ्चेश्वरको धर्मघाट जाँदै गरेको म १ ज ३१७ नम्बरको जिप अनियन्त्रित भएर शुक्रबार दिउँसो करिब सवा चार बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले बताए ।

जिपमा चालक सहित चार जना सवार रहेका र सबै सकुशल छन् । जिप चालक फरार रहेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय