अंकित कुँवर दार्चुला । दार्चुला साहित्य तथा तारा—किशन फाउण्डेशनको आयोजनामा लिपुलेक र कालापानीको आँगन दार्चुलाको सधरमुकाम खलंगामा भएको “दार्चुला बृहत साहित्य महोत्सवम २०७९” जेठ १३ र १४ गते भएको बृहत साहित्य महोत्सवमा बैतडीकी उदयमान साहित्यकार आयुषा जोशी (अम्बिका) ले भाग लिएर आफ्नो प्रस्तुती राखेका छन् । सुदुरपश्चिम बिश्वबिद्मालयका उपकुलपति अम्मरराज जोशी प्रमुख अतिथी , दार्चुला साहित्य समाजका अध्यक्ष नरेन्द्र सिंह बडाल र तारा—किशन फाउण्डेशन, अमेरिका तथा संयोजक तारा धामीको संयोजकत्वमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा राजनितीक दलका प्रतिनिधी सहभागी रहेको र राष्ट्रिय कलाकार तथा साहित्यकारहरुको समेत प्रस्तुती राखिएको छ । दार्चुलाका ९ ओटै स्थानिय तहको मौलिक सस्कृति झल्कने कार्यक्रमहरु जस्तैः देउडा गीत तथा झाँक्रि समेत प्रर्दशन गरिएको छ ।
कार्यक्रममा सहभागी साहित्यकार जोशी के भन्छन् ?
“म सानै उमेरदेखि साहित्य बिधा जस्तैः गजल, मुक्तक, कबिता तिर कलम चलाउने गर्दथे मलाई यो अवसर आयो जुन मेरा साहित्यहरु कपिको पानामा मात्र सिमित थिए, यो अवसरले म मात्र होईन मेरो परिवार अनि सम्पुर्ण दर्शकहरुको मनमा बस्न सफल भए म चर्चित अग्रज साहित्यकारहरु संग समेत भेटघाट भयो अत्यन्तै खुसी लागेको छ र मलाई साहित्य बिधामा कलम चलाउने थप हौसला प्रदान भयो”
उदयमान साहित्यकार जोशीको कबिता यसप्रकार छ ,
ए राजधानी
ए राजधानी !
मेरो निम्तो छ तिमिलाइ
आउ ! एकपटक
कमसेकम हेरेर जाउ
तिम्रो सौतेनी आँखामा नपरेको
मेरो बिकट बैतडी
तिम्रो जस्तो
महङ्गो मेजमानी त गर्न नसकौला
तारे होटलका तारा टिपेर
मकै भटमासको सहि
कमी हुने छैन न्यानो आतिथ्यतामा
फर्किदा,
अलीकती ऐसेले बोकेर जानु
नौलो कोसेली हुनेछ तिम्रो प्रीयाका निम्ती
सङ्गसङ्गै
अलिकती चिसो बतास पनी बोकेर जानु
मेरो अपीको
हिमाली काखबाट निस्केको
र
फोक्सो सफा गर्नु बर्षौ देखी मैलिएको
एकपटक निर्मल स्वास लिएर
र फेरि
लैजानु
तिमिले बोक्न सक्ने जती
लालीगुँरास पनी
बाँडी दिनु,सिङ्गो काठमाण्डौलाइ
गाउँले सुन्दरताको रातो लाली
त्यसमध्यबाट एकथुङ्गा झिकेर
हाम्रो सिगासको मन्दिरमा चढाउनु
र
बरदान माग्नु
हे माते !
तिम्रो जस्तै स्वच्छ,सफा,हराभरा
बनाइ देउन
मेरो पसुपतीनाथको बासस्थान परिपरि पनी
संग्ल्याइ देउन
बागमतीको मुहान
गुहेश्वरीका छालहरु
सम्याइ देउन
अग्ला अग्ला महल अघिल्तिरका
झन अग्ला फोहोरका पाहाडहरु
उडाइ देउन
यो नाकै ठुसाउने दुर्गन्ध
आँखा बिझाँउने
धुलो धुवाँ र कार्बन
सिकाइ देउन
मेरो ठाउँका यी कु–मान्छेलाइ
मानविय संमबेदना,ऐँचो,पैँचो
सरसापाट,साथ,सहयोग
हटाइ देउन
हामि भित्रको मपाई
सत्ता,शक्तीको घमण्ड
राजधानी हुनुको दम्भ
सराबरी,बराबरीको
यी बैतड्यालहरु जस्तै….,
अनी,
राजधानी फर्किएपछि भन्नु
कस्तो लाग्यो ? बिकट बैतडी
सुन्न मन्छ,तिम्रो प्रतिक्रिया
तिम्रै मुखबाट
एकपटक आएर फर्किएपछि
आखिरमा
खुब लामो रहेछ माहाकाली त…..।
आउ है
ए राजधानी!
