बैतडी । बैतडी कारागारका एकजना कैदी बन्दीको बाँकी कैद मिनाहा गरिएको छ । गणतन्त्र दिवसको अवसर जिल्लाको दशरथचन्द नगरपालिका ४ का गोपालसिंह कार्कीको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका प्रमुख धारा भण्डारीले सिद्धटोपी खबरलाई बताए । २०७८ मंसिर २९ गते कार्कीलाई ३ बर्ष कैद तोकिएको थियो । ५१ प्रतिशत कैद भुक्तान गरिसकेको र ३० हजार जरीवाना समेत तिरिसकेकाले गणतन्त्र दिवसको अवसरमा कार्कीको बाँकी कैद मिनाहा गरिएको हो ।
गणतन्त्र दिवसको अवसरमा देशभर ८ सय ३४ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएको छ ।

